🇺🇸 AmericaKhabar

← All News
वातावरण 🇺🇸 United States

राप्ती नदीमा १७ वटा गोहीको गुँड फेला

राप्ती नदीमा १७ वटा गोहीको गुँड फेला

Photo by Flickr on Pexels

📰 AmericaKhabar  •  📅 Apr 20, 2026  •  👁 19 views
गोहीको गुँड

चितवन, वैशाख ७

चितवनको राप्ती नदीमा १७ वटा गोही (घरियाल) को गुँड फेला परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले गएको चैत १५ गतेदेखि नदीमा गोहीको गुँड खोज्न थालेको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गुँड पत्ता लगाउन दुई जना स्थानीय डुङ्गा चालक परिचालन गरिएको थियो।

डुङ्गा चालकले दिएको जानकारीका आधारमा वैशाख १० गतेदेखि निकुञ्जले गोहीका अण्डा सङ्कलन गर्नेछ। उनले गुँड पहिचानको काम सकिएको र कुन गुँडबाट कति अण्डा सङ्कलन गर्ने भन्ने निर्णय हुन बाँकी रहेको बताए। ती अण्डालाई कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइने छ।

गत वर्षहरूमा राप्ती र नारायणी दुवै नदीमा गुँड खोजिएको थियो, तर यसपटक राप्ती नदीमा मात्रै खोजी गरिएको थियो।

🔥 Trending