🇺🇸 AmericaKhabar

← All News
पर्व 🇺🇸 United States

आज अक्षय तृतीया पर्व मनाइँदै

आज अक्षय तृतीया पर्व मनाइँदै

Photo by Mehmet Turgut Kirkgoz on Pexels

📰 AmericaKhabar  •  📅 Apr 20, 2026  •  👁 20 views

काठमाडौं, बैशाख ७ गते

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिनमा मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान तथा सेवन गरी मनाइँदैछ। शास्त्रीय विधिअनुसार आज बिहानै उठेर घर लिपपोत गर्ने, स्नान गर्ने तथा पूजाआजाका सामग्री तयार गर्ने गरिन्छ।

दियो, कलश र गणेशको पूजा गरी कलशमा अष्टदल लेखिएको तामाको थाल राखी १६ सामग्रीले भगवान् विष्णुको पूजा गर्ने गरिन्छ। यस दिन तामाको थालमा शुद्ध जल वा माटोको भाँडोमा सख्खर, दालचिनी, ल्वाङ, खरबुजा, सुकुमेल, मह, चिनी, सखर र मिश्री राखेर बनाएको जुस, ब्राह्मणलाई जौको सातु दान गर्ने वैदिक परम्परा छ।

यस दिन गरिने स्नान, दान, ध्यान, जप, तप जस्ता सत्कर्म कहिल्यै नाश हुँदैनन् भन्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। वैशाख महिनाको गर्मीमा जौको सातु र जुस अमृत समान हुने भएकाले यस दिन दान गर्ने र आफैँले पनि सेवन गर्ने चलन वैदिककालदेखि चलिआएको हो। यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुर्‍याउँछ, किनकि सातु र सर्वतले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछन्।

वैशाख शुक्ल तृतीयाका दिन (चन्द्रमासअनुसार वैशाख महिनाको शुक्ल पक्षको तेस्रो दिन) थोरै दान गर्दा पनि धन-सम्पत्तिमा वृद्धि हुने विश्वास गरिन्छ। आज दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ। आज छाता, लौरो, कपडाका जुत्ता वृद्धवृद्धालाई तथा गाई, भूमि, अन्न र सुन योग्य ब्राह्मणका साथै असहाय र दीनदुःखीहरूलाई दान गर्ने चलन छ। भगवान् महादेवले...

🔥 Trending