७ वैशाख, हेटौंडा । सडक डिभिजन हेटौंडाले पर्सा बीरगञ्जको मुख्य सडक विस्तार सुरु गरेसँगै पथलैया–चुरियामाई खण्डको सडक क्षेत्रमा अतिक्रमित संरचना हटाउने तयारी गरेको छ । आइतबार ६ असोज बिहानैबाट सडक डिभिजनले त्रिभुवन राजपथअन्तर्गत पर्ने बीरगञ्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार थालेको हो । अब बाराको पथलैयादेखि मकवानपुरको सीमा क्षेत्र हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईसम्म…