🇳🇵 AmericaKhabar

← सबै समाचार
sports

एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको दमदार सफलता

एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूको दमदार सफलता

Image: ACTA Protest Crowd in London.JPG by MsSaraKelly / Wikimedia Commons (CC)

📰 AmericaKhabar  •  📅 Apr 23, 2026  •  👁 0 पाठकहरू

भारतको चेन्नईस्थित मद्रास इन्टरनेसनल सर्किटमा सम्पन्न टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) जीपी ग्रान्ड फिनालेमा नेपालका तीन राइडरहरूले दमदार प्रदर्शन गर्दै शीर्ष पोडियम स्थान हासिल गरेका छन्। यस प्रतियोगिताले नेपाली मोटरस्पोट्र्सको नयाँ अध्याय सुरु भएको संकेत गरेको छ।

तीनै राइडरहरूले हासिल गरेको उपलब्धि निकै उल्लेखनीय रहेको छ। यस अनुसार नेपाली राइडर अभिनव राज मल्लले २०० सीसी विधामा प्रथम स्थान हासिल गरे भने दिलीप दनुवारले ३१० सीसी विधामा प्रथम स्थान हासिल गरे। त्यसैगरी सुजन थापा मगरले १६० सीसी विधामा दोस्रो स्थान हासिल गर्न सफल भए।

एआरई जीपी नेपालबाट छनोट भएर अन्तर्राष्ट्रिय ट्र्याकमा पुगेका यी राइडरहरूले कठिन मोडहरू र उच्च गतिका चुनौतीहरू आत्मविश्वास र उत्कृष्ट नियन्त्रणसहित सामना गर्दै आफ्नो क्षमता प्रमाणित गरेका हुन्। अन्तर्राष्ट्रिय स्तरको यस प्रतिस्पर्धामा उनीहरूले देखाएको कौशलले नेपाली रेसरहरूको तयारी र सीपलाई प्रष्ट पार्छ।

यो प्रदर्शनले टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) जीपीको बढ्दो प्रभावलाई उजागर गरेको छ, जसले उदीयमान राइडरहरूलाई घरेलु सर्किटभन्दा बाहिर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्दै, यो कार्यक्रमले प्रतिस्पर्धी रेसरहरूको नयाँ पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ।

यस सम्बन्धमा एक कार्यक्रमको आयोजना गर्दै जगदम्बा मोटर्सले उत्सव मनाएको छ। यस उपलब्धिबारे बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, 'एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले हासिल गरेको यो सफलता हामी सबैका लागि गौरवको विषय हो। यो उपलब्धिले उनीहरूको मेहनत, क्षमता र प्रतिवद्धतालाई मात्र होइन, नेपालको मोटरस्पोट्र्स क्षेत्रको बढ्दो सम्भावनालाई पनि उजागर गरेको छ।'

टीभीएस रेसिङको प्रतिभा विकासप्रतिको निरन्तर लगानी यस्ता उपलब्धिहरूमार्फत स्पष्ट देखिन्छ, जहाँ राइडरहरूले अन्तर्राष्ट्रिय अवसरसँग भेट गरेका छन्। नेपालका लागि यो केवल पोडियम जित मात्र होइन, देशको मोटरस्पोट्र्स यात्रामा निरन्तर उकालो लागेको र क्षेत्रीय रेसिङ सर्किटमा मजबूत उपस्थिति जनाइरहेको संकेत पनि भएको जगदम्बा मोटर्सले जनाएको छ।

मोटरस्पोट्र्समा यो सफलताले नेपाली युवा प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्न थप प्रेरणा दिनेछ। यसले देशको खेलकुद क्षेत्रको छवि उच्छिन्याउन मद्दत पुर्‍याउँदै आगामी दिनमा नेपाली राइडरहरूले विश्वस्तरिय प्रतियोगितामा समेत सहभागिता जनाउन सक्ने सम्भावनालाई उजागर गर्दछ, जसले राष्ट्रिय गौरवमा बृद्धि गर्नेछ।