८ वैशाख, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् । ११६औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ‘मबाट महिलावाद’ कार्यक्रममा सम्मानजनक मातृत्व सेवा तथा प्रसूति हिंसाबाट संरक्षण विषयमा मन्तव्य राख्दै…